Logo

एमाले-कांग्रेसले टुङग्याए मन्त्रालयको भागबण्डा, यी हुन दुईवटा दलले पाउने मन्त्रालय

एमाले-कांग्रेसले टुङग्याए मन्त्रालयको भागबण्डा, यी हुन दुईवटा दलले पाउने मन्त्रालय



काठमाडौं । नयाँ सरकार गठनको अन्तिम तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डाको टुङ्गो लगाएका छन् । दुई दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ ।

एमालेले अर्थसहित आठ मन्त्रालय र कांग्रेसले गृहसहित नौं मन्त्रालय लिने समझदारी जुटेको हो । जस अनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जानकारी दिएको छ ।

यस्तै कांग्रेसले गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय लिने भएको छ । कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दलले आन्तरिक तयारी तीब्र बनाएका छन् ।

एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रेसले उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने छ । गृहमा भने प्रमुख सचेतक समेत रहेका रमेश लेखकलाई पठाउने तयारी भएको कांग्रेसका नेताहरूले बताएका छन् ।

संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरेका छन् । लगत्तै सोमबार बिहान ११ बजे शपथ ग्रहण हुने बताइएको छ । ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL