Logo

जाँदाजाँदै रविको पत्रकार सम्मेलन : आफुमाथि आजैदेखि अनुसन्धान थाल्न आग्रह

जाँदाजाँदै रविको पत्रकार सम्मेलन : आफुमाथि आजैदेखि अनुसन्धान थाल्न आग्रह



काठमाडौं । सरकारबाट बाहिरिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा प्रहरीलाई कुनै किसिमको दबाव नदिएको बताएका छन् । आज सकारबाट बाहिरिँदै गर्दा पत्रकार सम्मेलन गर्दै उनले आफूले प्रहरीलाई कुनै किसिमको दबाव नदिएको स्पष्ट पारेका हुन् । यदि आफू मन्त्री हुँदा प्रहरीलाई अप्ठ्यारो भएको भए आजैदेखि अनुसन्धान थाल्न उनले आग्रह गरेका छन् ।

उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’

लामिछानेले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘जुन आधार बनाएका छौँ, त्यो नभत्कियोस् ।’ उनले खबरदारी गर्ने निकाय नहुँदा शान्ति सुरक्षामा कुनै पनि प्रभाव नपरोस् भन्दै आग्रह गरेका छन् ।

‘खबरदारी गर्ने निकाय नहुँदा, विशेष गरी भागबण्डामा गाँजिएको हाम्रो समाजमा शान्ति, सुव्यवस्था र अनुसन्धानमा कुनै प्रभाव नपरोस्,’ उनले भने । उनले अघि भने, ‘कतिपय छानबिनका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए । कयौं कुराहरू बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम छ ।’ आफू प्रतिपक्षमा बसेर यी घटनाहरूलाई नजिकबाट नियालिरहने बताए । ‘निर्मला पन्तको घटनामा अत्यन्तै नजिक पुगेका थियौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL