Logo

नयाँ बन्ने सरकारमा सहभागी गराइने मन्त्री छान्न कांग्रेसले बनायो यस्तो मापदण्ड

नयाँ बन्ने सरकारमा सहभागी गराइने मन्त्री छान्न कांग्रेसले बनायो यस्तो मापदण्ड



काठमाडौं । नेपाली कांग्रेसले नयाँ बन्ने सरकारमा सहभागी गराइने मन्त्री छान्न दुई वटा आधार तय गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय पार्टीले गरेको छ ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा मुख्य समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय बैठकले गरेको छ ।’

बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ । ‘राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भए अनुसार, नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान १७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने निर्णय बैठकले गरेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL