Logo

महासंघ विधान संसोधनको सवै प्रस्ताव पारित, भवानी राणा स्वत अध्यक्ष

महासंघ विधान संसोधनको सवै प्रस्ताव पारित, भवानी राणा स्वत अध्यक्ष


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाले विधान संसोधनको प्रस्ताव पारित गरेको छ । आज आर्मी अफिसर्स क्लवमा भएको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

आगामी दिनमा महासंघमा बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेछ । जस अनुसार महासंघको बर्तमान बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष हुनेछिन् ।
Bhawani_Rana

यसैगरी महासंघलाई संघीय संरचनामा लैजान प्रस्ताव पनि पारित भएको छ । हालसम्म जिल्ला, नगर र केन्द्रीय संरचनामा रहेको महासंघ अव संघीय संरचनामा जानेछ ।

fncci_a
महासंघका यसअघि बरिष्ठको कायसमितिबाट निर्वाचन हुँदै आएको थियो । अवका दिनमा बरिष्ठ उपाध्यक्षको लागि प्रत्यक्ष निर्वाचन हुने छ । जसमा एक पटक उपाध्यक्ष भएको वा २ पटक कार्यसमिति सदस्य भएको व्यक्तिले बरिष्ठ उपाध्यक्षको निर्वाचनमा भाग लिन सक्नेछन् ।
fncci_ranjit

महासंघको १० वर्षको लामो प्रयासपछि विधान संसोधन भएको हो । विधान संसोधनसँगै महासंघ नयाँ संरचनामा जाने छ । विधान संसोधनसँगै महासंघले नयाँ मोड लिएको महासंघका महासंघका पूर्व अध्यक्ष तथा विधान संसोधन समितिका संयोजन चण्डीराज ढकालले बताए । साथै, महासंघ अझै बलियो र दायरा फराकिलो हुने उनको दावी छ । ‘विधान संसोधनसँगै महासंघलाई ठूलो जिम्मेवारी थपिएको छ,’ उनले भने, ‘सो उद्देश्य प्राप्तीका लागि सवै एकजुट भएर अघि बढ्नु पर्छ ।’ साथै विधान संसोधनले महासंघलाई दरिलो खम्बाको रुपमा स्थापित गरेको उनको भनाइ छ ।
saurab_joyti

मंगलबार मात्रै विधान संसोधन तथा विशेष साधारणसभा खारेजको माग राख्दै महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पाटन पुनारावेदन अदालतमा मुद्दा दायर गरेका थिए । पाटन अदालतले हिजो दुवै पक्षलाई छलफलमा बोलाएर उक्त रिट खारेज गरेपछि आजको विशेष साधारणसभा भएको हो ।

प्रतिक्रिया दिनुहोस्