Logo

टिभी र फ्रिज मर्मत गर्ने पसलबाटै हुण्डी, साढे २४ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

टिभी र फ्रिज मर्मत गर्ने पसलबाटै हुण्डी, साढे २४ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ



काठमाडौँ । बाँकेमा साढे २४ लाख बढी रकमसहित चार जना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका – १८ का २९ वर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज – ३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका – ७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ घर भइ बाँकेको नेपालगञ्ज – ३ बस्ने ३० वर्षीय राहुल देवल छन् ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई शुक्रबार नेपालगञ्ज – १२ बेलासपुरस्थित टिभी, फ्रिज मर्मत गर्ने पसलबाट पक्राउ गरिएको हो । स्थानीय ताराकुमारी बिसीको घरमा भाडामा सञ्चालित नबिल रेफ्रीजेरेटर एन्ड एयर कन्डिसन वर्कशपबाट उनीहरुलाई गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेर प्रहरीले पक्राउ गरेको थियो ।

टिभी र फ्रिज मर्मत गर्ने पसलमा बिगतदेखि नै अवैध रुपमा हुण्डी कारोबार हुँदै आएको भन्ने स्थानीयको गोप्य सूचनाका आधारमा सादा पोशाकका प्रहरीले छापा मारेको थियो । उक्त पसलमा खानतलासी गर्दा बैंकमा पैसा जम्मा गरेका भौचरहरु, हिसाब किताब राखेको कापी, नोट बुकसहित नगद २४ लाख ६२ हजार ३१५ रूपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL