Logo

त्रिशूलीमा यात्रुसहित खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि शुरू

त्रिशूलीमा यात्रुसहित खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि शुरू



काठमाडौं । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज (शनिबार) बिहानैदेखि शुरू गरिएको छ ।

बेपत्ता दुई बस शुक्रबार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोजी कार्य शुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । शुक्रबार दिनभर खोजी गर्दा पनि त्रिशूलीमा खसेका बसको कुनै संकेत नभेटिएपछि राति भएपछि शुक्रबार खोजी स्थगित गरिएको थियो । त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित छन् । निरन्तरको वर्षाले गर्दा त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या छ ।

घटना भएको २८ घण्टा बितिसकेको छ । सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै संकेत भेटिएको छैन । शुक्रबार बिहान झण्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको छ । शुक्रबार दिउँसो झण्डै ४ः३० सम्म उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि सफलता नमिलेको चितवनाका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।

उनका अनुसार नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न सकेनन् । त्यसपछि चुम्बक प्रयोग गरिएको थियो । पहिरोले बगाएर नदीमा पु र्‍ याएका दुई बसमध्ये एउटा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको र अर्को काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बताइएको छ । पर्साको वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा थियो । काठमाडौबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु थिए । बसमा कम्तीमा ६० यात्रु रहेको अनुमान छ । गौरतर्फ जान लागेको बसका तीन यात्रु जीवितै फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्