Logo

वर्गर हाउसको मम अचार अस्वस्थकर, काठमाडौं महानगरले तिरायो २ लाख जरिवाना

वर्गर हाउसको मम अचार अस्वस्थकर, काठमाडौं महानगरले तिरायो २ लाख जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारवाही गरिएको हो ।

महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ । निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिईएको बताए । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारवाही गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्