काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत प्राप्त गर्न सकेका छैनन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले पाँचौपटक विश्वासको मतका लागि आह्वान गरेका थिए ।
तर, उनको पक्षमा जम्मा ६३ मत मात्रै प्राप्त भएपनि उनि विश्वासको मत प्राप्त गर्ने कुरामा चुकेका हुन् । प्रतिनिधिसभामा कुल २ सय ५८ सांसद उपस्थित भएकामा उनको विपक्षमा १ सय ९४ मत प्राप्त भएका थिए भने १ मत तटस्थ थियो । यससँगै उनी पदमुक्त भएका छन् ।