Logo

उच्च जोखिमको सूचना जारी भएपछी राती सवारीसाधन चलाउन नपाईने

उच्च जोखिमको सूचना जारी भएपछी राती सवारीसाधन चलाउन नपाईने



‘काठमाडौं । सरकारले उच्च जोखिमको सूचना जारी भएका दिन रात्रिकालिन सवारी चलाउन नपाईने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले अबर रेड एडभाईजरी जारी भएका दिन राती सवारीसाधन चलाउन नपाउने निर्णय गरेको हो ।

खासगरी पछिल्लो समय भारी बर्षाका कारण बाढी पहिरो बढेको र सडकमा खतरा बढेका कारण सरकारले यस्तो निर्णय गरेको हो । खासगरी भारी बर्षापछि पहिरोकार सम्भावना भएको खण्डमा जल तथा मौसम विभागले रेड एडभाईजरी जारी गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्