Logo

एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च विन्दुमा

एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च विन्दुमा



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको हो । याे मूल्य हालसम्मकै उच्च हाे ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै १९ सय रुपैयाँ पुगेको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्