Logo

कहाँ–कहाँ परिरहेको छ पानी ? आज यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना

कहाँ–कहाँ परिरहेको छ पानी ? आज यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना



काठमाडौं । आज (शुक्रबार) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

आज देशभर बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ भने कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनेछ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । अहिले देशभर बदली रही । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श पनि जारी गरेको छ । जसअनुसार यो अवधिमा मुलुकका विभिन्न स्थानमा अति भारी, धेरै भारी, भारी र हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ । जसका कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै शनिबार देशभर बदली सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आइतबार देशभर बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL