Logo

तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने

तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने



काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसको मन्त्रिपरिषदको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भईरहेकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्