काठमाडौं । काठमाडौं महानगरपालिका २२ सुन्धाराबाट स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँ सहित चितवन भरतपुर महानगरपालिका १५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र २०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरेको छ ।