Logo

प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन, बक्यौता रकम नतिरेको दाबी

प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन, बक्यौता रकम नतिरेको दाबी



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलको लाइन काटेको छ ।

जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख रुपियाँ बक्यौता रहेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले मंगलबार मात्रै रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख, रिलायन्सको ६० करोड २९ लाख रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपियाँ बक्यौता छ ।

प्रतिक्रिया दिनुहोस्
MBL