काठमाडौं । महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णीकार र कार्यकारिणी सदस्य गोविन्दराज घिमिरेले साधारणसभा रोक्न माग गर्दै हालेको रिट पाटन उच्च अदालतले खारेज गरिदिएको छ । यससँगै बिहिबारका लागि गर्ने भनेको नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभाका लागि बाटो खुलेको छ ।
राजकर्णीकार र घिमिरेले सोमबार दायर गरेको रिटमा छलफल पश्चात यस्तो निणर्य गरेको हो । अदालतले मंगलबार साधारणसभा प्रकृया यथास्थितीमा राखि बुधवार दुबै पक्षलाई छलफल गर्न बोलाएको थियो ।
छलफलमा पक्ष, विपक्षको राय सुनेपछि बुधवारको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने सुनुवाइ उच्च अदालतका मुख्य न्यायाधिस टंक मोक्तान र न्यायाधिस डिल्लीराज आचार्यको इजलासले महासंघको मुद्दा गरेको हो ।
महासंघको बिधान संसोधनका लागि बिहिबारको साधारण सभा बोलाएको थियो ।