Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि केहि बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १८ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मुल्य आज बढ्दै प्रतितोला १८ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL