Logo

उद्योग मन्त्री र चिनीँया वाणिज्य मन्त्रीबीच भेट, ‘नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक’

उद्योग मन्त्री र चिनीँया वाणिज्य मन्त्रीबीच भेट, ‘नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक’


बिजखबर संवाददाता
0
Shares

काठमाडां । उद्योग मन्त्री नवीन्द्रराज जोशी र चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच बुधवार उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनीँया सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले जानकारी दिए ।

भेटमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताए । साथै उनले लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै पत्याभूति दिने तरिकारले अगाडि बढीरहेको जानकारी दिए ।

उद्योगमन्त्री जोशीले यस क्रममा आफ्नो मन्त्रालयले विशेष आर्थिक क्षेत्र(सेज)सम्बन्धी ऐन, औद्योगिक व्यावसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरि कार्यान्वयमा ल्याउने चरणमा रहेको समेत बताए ।

कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने प्रकृयामा उद्योग मन्त्रालय लागिरहेको उल्लेख गरे । उद्योगमन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनीया सहयोगका लागि आग्रह समेत गरेका थिए ।

भेटमा चिनीया मन्त्री झाङले नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक रहेको बताउँदै त्यसका लागि लगानी संरक्षण सुनिश्चिताका विषया जिज्ञासा राखे ।

त्यसैगरी नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनीया प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न समेत आफूहरु तयार रहेको बताए ।

सो अवसरमा चीनले गरेको आर्थिक उन्नतीबाट नेपालले पनि प्रशस्तै फाइदा लिन सक्ने भन्दै मन्त्री झाङले औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपाले उपयोग गर्न सक्ने बताए ।

उनीहरुवीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नविनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदान प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्