Logo

२८ असारमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ‘ह्वीप’

२८ असारमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ‘ह्वीप’



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको छ । यही २८ असारमा प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले लिने उक्त विश्वासको मतको विपक्षमा मत दिन एमालेले ह्वीप लगाएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई ह्वीप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL