Logo

पोखरामा पहिरोले घर पुर्‍यो : छोराको मृत्यु, आमाको उद्धार

पोखरामा पहिरोले घर पुर्‍यो : छोराको मृत्यु, आमाको उद्धार



काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

भीमबहादुरकी आमा कमला थापाको भने सकुशल उद्धार गरिएको उनले बताए । आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।

घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ । गत २४ घण्टामा कास्कीको लामापाटन केन्द्रमा देशभरमा सबैभन्दा धेरै १३७ मिलिमिटर वर्षा भएको छ । कास्कीकै चोमरोङ केन्द्रमा ७६ र सिक्लेसमा ५३.८ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL