Logo

मिटर व्याजपीडितको उजुरी संकलन गर्न समय थप, निवेदन फारम दर्ता गर्न पीडितलाई आग्रह

मिटर व्याजपीडितको उजुरी संकलन गर्न समय थप, निवेदन फारम दर्ता गर्न पीडितलाई आग्रह



काठमाडौं । मिटर व्याज पीडितको उजुरी संकलन गर्न समय थप गरेको छ । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिन थपेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार आजबाट थप १० दिन समय थप गरिएको जनाएको छ । यो अवधिभित्रसम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरुलाई भनेको छ ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, आफूसँग रहे भएसम्मका त्यस्तो ऋणरकर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायत लिखतहरुको प्रतिलिपी वा फोटोकपी निवेदन राख्नु होला ।

प्रतिक्रिया दिनुहोस्
MBL