Logo

अशोक लेलैण्डले ल्यायो सर्किट इलेक्ट्रिक बस, फ्यूल आयात घटाउने लक्ष्यमा सघाउने

अशोक लेलैण्डले ल्यायो सर्किट इलेक्ट्रिक बस, फ्यूल आयात घटाउने लक्ष्यमा सघाउने


बिजखबर संवाददाता
0
Shares

अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । भारतीय डिजाइन तथा इन्जिनियरिङ गरिएको सो बस भारतीय रोड तथा लोडको अनुसार जिरो एमिशन भेहिकलको रुपमा अनावरण गरिएको हो ।

भारतको तामिल नाडुका चिफ सेक्रेटरी अम्बुज शर्मा आइएएसका अनुसार भारतको पहिलो तथा भारतमै निर्मित पूर्ण रुपमा विद्युतीय बसलाई सर्वसाधारणको यातायातका लागि प्रयोगमा ल्याउन पाएको एउटा निकै ठूलो उपलब्धी हो । यस गाडीले सरकारको ८ लाख करोडको फ्यूल आयात घटाउने लक्ष्यलाई सहायता गर्ने र स्वच्छ भविष्यको लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताइएको छ ।

उक्त बसलाई सन् २०२० सम्म इलेक्ट्रिक/हाइब्रिड भेहिकलको संख्या २० प्रतिशतले बढाउने लक्ष्य लिएको नेशनल इलेक्ट्रिक मोबिलिटी प्लान अनुरुप बजारमा ल्याइएको हो । जिरो टेलपाइप एमिशन तथा न्यून ध्वनि प्रदुषण बाहेक उक्त बसले संचालन खर्च पनि न्यून बनाउने छ ।

अशोक लेलैण्डका म्यानेजिङ डाइरेक्टर विनोद दशारीका अनुसार – यस बसले ग्राहकहरुलाई करीब ४–५ वर्ष भित्रमा पे—ब्याक प्रदान गर्नेछ । यो सर्किट बसको सिरिजको अनावरणले अशोक लेलैण्डको भारतको टेक्नोलोजिकल इन्नोभेसन प्रयोग गरी सान्दर्भिक तथावर्गमै उत्कृष्ट समाधानहरु भारत लगायतविश्वलाई नै पस्कने प्रतिबद्धता अभैm प्रमाणित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्