Logo

आईएमईको आंकाक्षा छात्रवृत्ति कार्यक्रम, १ देखि ११ कक्षासम्मका विद्यार्थीले आवेदन दिन सक्ने

आईएमईको आंकाक्षा छात्रवृत्ति कार्यक्रम, १ देखि ११ कक्षासम्मका विद्यार्थीले आवेदन दिन सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई तथा ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई आंकाक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको छ । सो छात्रवृत्ति हिसान तथा प्याब्सनको सहकार्यमा ल्याईएको हो । आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्देश्यका साथ छात्रवृत्ति ल्याइएको बताइएको छ ।

सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत छात्र/छात्राहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिवर्ष १० लाख रुपैयाँको कोष स्थापना हुनेछ । यो कोषबाट हिसान तथा प्याब्सनसँग सम्बन्धित शैक्षिक संस्थाका अतिरिक्त अन्य सरकारी तथा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुको शैक्षिक आंकाक्षालाई परिपूर्ति गर्न वार्षिक एक सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

हिसान तथा प्याब्सनले यो कोषमा २५ प्रतिशतसम्म थप गरि आफु सम्बद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क मिनाहा एवम् छुट प्रदान गर्न सक्ने बताइएको छ ।

देशको जुनसुकै स्थानमा अध्ययनरत कक्षा १ देखि ११ कक्षासम्मका छात्र/छात्राहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद देखि कार्र्तिक ३० सम्म हुनेछ । ईच्छुक विधार्थीले आईएमई सेन्टर, आईएमई एजेन्ट आउटलेट एवम् ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुमा उपलब्ध फारम भरि कार्र्तिक ३०गतेभित्र बुझाईसक्नु पर्ने बताइएको छ ।

फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट एवम् ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरु मार्फत् वा हाम्रो ईमेल ठेगाना आकांक्षा एट आइएमइ रेमिट डट कम डट एनपीमा पठाउन सकिने छ ।

आवेदन दर्ता गर्दा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिश सहित दुुई वर्ष अघिका शैक्षिक प्रमाण–पत्र पेश गर्नुपर्नेछ । यसरी प्राप्त हुन आउने आवेदनमा छात्रवृत्ति छनोट उप–समितिले निर्धारित मापदण्ड अनुरुप छात्रवृत्तिका लागि योग्यहरुको सूची प्रकाशित गर्नेछ । उक्त समितिको निर्णय नै अन्तिम निर्णय हुने बताइएको छ ।

छनोटमा परेका विद्यार्थी र निजका अभिभावक र समिति वीचमा सम्झौता हुनेछ । त्यही सम्झौताको अधिनमा रहेर छात्रबृत्ति प्राप्त विद्यार्थीको शैक्षिक उपलब्धि वर्षमा दुई पटक परिक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्