Logo

मौद्रिक नीतिले निजी क्षेत्रको गिर्दो मनोबललाई उठाउनुपर्छ, नीतिमा लचकता आवश्यक : अध्यक्ष ढकाल

मौद्रिक नीतिले निजी क्षेत्रको गिर्दो मनोबललाई उठाउनुपर्छ, नीतिमा लचकता आवश्यक : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी मौद्रिक नीतिले निजी क्षेत्रको गिर्दो मनोबललाई उठाउनुपर्ने बताएका छन् । मंगलबार महासंघले आयोजना गरेको आगामी मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफल कार्यक्रममा ढकालले आगामी मौद्रिक नीतिले केही गर्छ की भन्ने आशा रहेको बताएका हुन् ।

ढकालले बजेटमा निजी क्षेत्रका केही माग सम्बोधन भएपनि बजार चलायमान हुने नीति नआएको बताए । नयाँ लगानी नआउँदा बजार चलायमान नभएको बताउँदै आयात घटेको र यसले बजार चलायमान नभएको देखिएको उल्लेख गरे ।

अध्यक्ष ढकालले अब सुधार आवश्यक रहेको र यसबारेमा सोच्न ढिलो भइसकेको बताए । ‘उद्योगहरूको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । निजी क्षेत्रको गिर्दो मनोबललाई उठाउनुपर्छ, बैंकहरुबाट सानो कर्जा सुविधा विस्तार गर्नुपर्छ भने सावाँ ब्याज तिर्न सहज व्यवस्था गरिनुपर्छ’, ढकालले भने ।

ढकालले ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्थामा कडाई भएको भन्दै बैंकहरुको एनपिए बढेको विषयलाई पनि नीतिले समेट्नुपर्ने बताए । ‘सबै व्यवसायीको नियत खराब हुँदैन, परिस्थितिले पनि व्यवसायी खराब जस्ता देखिन्छन् । बैंकमा तरलता टन्नै हुँदा पनि कर्जा विस्तार भएको छैन । अब बजारलाई चलायमान बनाउन लचकता अपनाउनुपर्छ’, अध्यक्ष ढकालले भने

प्रतिक्रिया दिनुहोस्
MBL