Logo

पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएपछि मुकुलको प्रतिक्रिया : रविको क्लबबाट निष्काशित भएँ, घण्टी बज्न रोकिंदैन

पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएपछि मुकुलको प्रतिक्रिया : रविको क्लबबाट निष्काशित भएँ, घण्टी बज्न रोकिंदैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । पार्टी निर्णय सार्वजनिक भए लगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् ।

ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।।।।’

ढकालले भोलि आफ्नो धारणा विस्तृत रूपमा सार्वजनिक गर्ने बताएका छन् । रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकबाट उनलाई पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । उनलाई साधारण सदस्य भने राखिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL