Logo

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य ३ दिनदेखि स्थिर

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य ३ दिनदेखि स्थिर



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४४ हजार १ सयमा झरेको हो ।

यता चाँदीको मूल्य भने नेपाली बजारमा पछिल्ला ३ दिनदेखि स्थिर छ । गएको सोमबार हिजो र आज नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्