Logo

महासंघको विधान संशोधन सर्वसम्मतिले पारित : प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष रहने

महासंघको विधान संशोधन सर्वसम्मतिले पारित : प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष रहने



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। महासंघको सोमबार बसेको कार्यकारी समितिको बैठकले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

महासंघ स्रोतका अनुसार आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुने र त्यसपछि अध्यक्षको प्रत्यक्ष निर्वाचित हुनेछन् । उदाहरणका लागि हालका अध्यक्ष चन्द्रप्रसाद ढकालपछि वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ महासंघको अध्यक्ष हुनेछन् भने त्यसपछिको एक कार्यकाल पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन गरिने र त्यसपछि मात्रै प्रत्यक्ष निर्वाचित अध्यक्ष चयन गरिने भएको छ ।

यसैगरी महासंघको आज भएको बैठकले विधान संशोधन अन्तर्गत दुईवटा वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार वस्तुगत र एसोसिएटबाट एउटा वरिष्ठ उपाध्यक्ष र जिल्ला नगरबाट एउटा वरिष्ठ उपाध्यक्ष रहनेछन् ।

तर्, उक्त व्यवस्था अन्जन श्रेष्ठ अध्यक्ष भएर त्यसपछि एक कार्यकालको लागि पुन वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन भएर प्रत्यक्ष निर्वाचनमा गएपछि मात्र लागु हुनेछ ।

यसअघि उक्त विधानलाई अध्ययनका लागि महासंघले आफ्ना जिल्ला नगर वस्तुगत एसोसिएट सदस्यलाई अध्ययनका लागि पठाउनेछ । महासंघको सोमबार कार्यसमितिबाट पास भएको उक्त विधान संशोधनलाई विशेष साधारणसभाबाट पारित गराएपछि मात्रै कार्यान्वयनमा ल्याइनेछ।

यसैगरी एउटै व्यक्ति दुईपटकसम्म महासंघको अध्यक्ष उठ्न पाउने व्यवस्था गरिएको छ भने महासंघको कार्यकाल पनि तीन वर्षको यथावत राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL