Logo

महासंघको विशेष साधारणसभा विरुद्ध राजकर्णिकारले हाले मुद्दा, अब के हुन्छ ?

महासंघको विशेष साधारणसभा विरुद्ध राजकर्णिकारले हाले मुद्दा, अब के हुन्छ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न विशेष साधारणसभा विरुद्ध मुद्दा दायर भएको छ । विहिबार हुन लागेको उक्त विशेष साधारणसभा विरुद्ध आज पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरिएको हो ।

महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले विधान संसोधन लगायतका विषय विरुद्ध मुद्दा दायर गरेका हुन् । उनले उक्त विशेष साधारणसभा रोक्न माग राख्दै मुद्दा दायर गरेको स्रोतले जानकारी दिएको छ ।

महासंघको नेतृत्वमा बस्न खोज्ने व्यक्तिले सोही महासंघ विरुद्ध मुद्दा हाल्नु दुर्भाग्य भएको महासंघका पूर्व अध्यक्ष तथा विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालले बताए । ‘यदि कुनै व्यक्तिलाई असमझदारी छ भने त्यसैको वारेमा छलफल गर्न विशेष साधारणसभा बोलाइएको हो,’ उनले भने, ‘तर, त्यसैलाई रोक्न मुद्दा दायर गर्नु लजास्पद कुरा हो ।’ मुद्दा हाल्नु गलत अध्यास भएको र महासंघ भित्र मौलाएको यस्ता खालको विकृतिले आगामी दिनमा महासंघको छवि समेत विगार्ने उनको भनाइ छ ।

राजकर्णिकारले मुद्दा दायर गरेसँगै सो सम्बन्धमा छलफल गर्न महासंघ कार्यसमितिको आकस्मिक बैंठक बस्दैछ । उक्त बैंठकले सो विषयमा केही टुङ्गो लगाउने महासंघ स्रोतको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्