Logo

५२ किसिमका रोग सङ्क्रामकको सूचीमा, यी रोग लाग्दा सचेत हुन आग्रह

५२ किसिमका रोग सङ्क्रामकको सूचीमा, यी रोग लाग्दा सचेत हुन आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तिपाइले स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताए । उनले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचीकृत गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL