Logo

सुन प्रतितोला १ लाख ४५ हजार ४०० मा कारोबार हुँदै, चाँदीको भाउ १८९० पुग्यो

सुन प्रतितोला १ लाख ४५ हजार ४०० मा कारोबार हुँदै, चाँदीको भाउ १८९० पुग्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्