Logo

बाढी, पहिरो र डुबानको जोखिम सोमबारसम्मै, उच्च सतर्कता अपनाउन आह्वान

बाढी, पहिरो र डुबानको जोखिम सोमबारसम्मै, उच्च सतर्कता अपनाउन आह्वान



काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।

त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, म्याग्दी, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बाडीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यी नदीमा बढ्दो छ बहाव

आज र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नारायणी, कोशी र महाकालीमा उच्च जोखिमको अवस्था हुने पूर्वानुमान छ । यसैगरी कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेतीमा मध्यम जोखिमको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
MBL