Logo

प्रतिनिधिसभाको बैठक बस्दै, एमाले प्रतिपक्षमा बस्ने

प्रतिनिधिसभाको बैठक बस्दै, एमाले प्रतिपक्षमा बस्ने



काठमाडौं । प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

आजबाट नेकपा एमाले प्रतिपक्षमा बस्ने भएको छ । यसअघि नै आफूहरू प्रतिपक्षमा बस्ने भन्दै एमालेले संसद् सचिवालयलाई पत्र पठाएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL