काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहोर गर्ने १५ जनालाई जरिवाना गरेको छ । महानगरपालिकाले दशैंमा सडकमा फोहोर गर्ने १५ जनालाई ७१ हजार जरिवाना गरेको महानगरपालिकाका वातावरण व्यवस्थपन प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारवाही गरेको हो ।