Logo

कांग्रेस-एमाले दुबैको संसदीय दलको बैठक बस्दै, नयाँ बन्ने सरकारबारे छलफल गर्ने

कांग्रेस-एमाले दुबैको संसदीय दलको बैठक बस्दै, नयाँ बन्ने सरकारबारे छलफल गर्ने



काठमाडौं । बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँ सत्ता समीकरणको यात्रामा रहेका नेकपा एमाले र नेपाली कांग्रेस दुबैको संसदीय दलको वैठक बस्दैछ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

भोलि (आइतबार) बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् । यस्तै नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद् ‘फेस’ गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL