Logo

सन्दिपलाई ए ग्रेडको मान्यता, नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना हुने, यस्ता छन् क्यानका अन्य निर्णय

सन्दिपलाई ए ग्रेडको मान्यता, नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना हुने, यस्ता छन् क्यानका अन्य निर्णय



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।

क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।

त्यस्तै ग्रेड (बी) मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।
ग्रेड (सी) मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।

यस्तै क्यानको असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाल प्रिमियर लिग आगामी नोभेम्बर र डिसेम्बरमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

साथै क्यानले महिला खेलाडी अप्सरा बेगमले बन्द प्रशिक्षणका क्रममा अभ्रद्र व्यबहार गरेको भन्दै निलम्बन गरेको छ ।
यी हुने अन्य निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्