काठमाडौं । नेपाली सेनामा बिभिन्न पदमा २ हजार ५४ जनालाई जागिर खुलेको छ । सेनाले लेखाको जमदार देखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डितसम्मका लागि दरबन्दी आह्वान गरेको हो ।
जसअनुसार जंगी अड्डा तथा राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ । जंगी अड्डामा ४ सय जना जवान माग गरिएको छ । उपत्यका बाहिर पुर्वी पृतना हेर्डक्वार्टर इटहरीका लागि १ सय ६० जनाका लागि दरखास्त मागेको छ । त्यस्तै सोही पदमा भैरबीदल पाँचथर, ज्वालादल गण जाजरकोट र शेर गण खोटाङमा ६०र६० जनाका लागि जागिर खुलेको छ । ज्वालादलमा ३ र शेर गणमा लोहार दुई जना माग गरिएको छ ।
त्यसैगरी कृष्णदल गण राजविराज, ९ नम्बर बाहिनी अड्डा सिन्धुली, ईन्द्रबक्स गण रौतहट र सुदूर पश्चिम पृतना दिपायलमा मा ७५र७५ जना सैन्यका लागि दरखास्त आह्वान गरिएको छ । सेनाले मध्य पृतना मकवानपुर,२२ नम्बर वाहिनी बुटवल, पशुपतीप्रसाद गण लमजुङ, ४ नम्बर बाहिनी नेपालगञ्ज, रिपुमर्दिनी गण घोराही र शिवदल गण धनगढीमा गरी २ सय सैनिकका लागि जागिर खुलाएको छ ।
पश्चिम पृतना हेड क्वार्टर पोखरामा १ सय ५० जना एवं भगवती दल गण जुम्ला र संग्रामसार्दुल गुल्म बझाङमा ५०र५० जना मागेको छ ।
सेनाका अनुसार दरबन्दी खुला गरेको स्थानमा नै निवेदन दिनुपर्ने छ। जंगी अड्काका लागि पाँच जना लेखा जम्दार,छ जना सहायक पण्डित, ११ जना अमल्दार, ५० जना सैन्य ड्राइभर, ४७ जना बन्दोबस्ती कार्य सिपाही, २२ जना कूचिकार, एक जना धोवी, पाँच जना केशकर्तक र नौ जना वेटर पनि माग गरिएको छ।
सैन्य पदमा भिड्न शैक्षिक योग्यता आठ कक्षा पास हुनु पर्ने छ । यता सहायक पण्डितका लागि भने कम्तिमा २०० पुर्णाङकको संस्कृति विषय लिइ १० कक्षा पास गरेको एवं कर्मकाण्ड गराउन सक्ने हुनुपर्नेछ । ड्राइभरमा भने कम्तिमा कक्षा आठ पास गरेको र लाइटरहेभी सवारीको लाइसेन्स लिएको हुनुपर्ने छ।
सबै पदमा भिड्न १८ बर्ष पुरा भएको हुनुपर्नेछ । साथै सैन्य र ड्राइभरका लागि २२ बर्ष ननाघेको र लेखा जमदार, सहायक पण्डित र अमल्दारको हकमा भने २५ बर्षको उमेर सिमा राखिएको छ । अरु सबै साना (फलोअर्स) पदमा भने २६ बर्ष ननाघेको हुनुपर्नेछ।