Logo

भारतीय नागरिकको फ्ल्याटमा छापा, सुन गाल्ने मेसिनसहित ५ पक्राउ

भारतीय नागरिकको फ्ल्याटमा छापा, सुन गाल्ने मेसिनसहित ५ पक्राउ



काठमाडौं । भारतीय नागरिक वस्दै आएको एक घरको फ्ल्याटमा नेपाल प्रहरी छापा मारेको छ । उक्त फ्ल्याटमा शंकास्पद कार्य भईरहेको खवर पाएसँगै प्रहरी वृत्त सातदोबाटोको टोलीले उक्त स्थानमा छापा मारेको थियो ।
छापा मारेको स्थानबाट प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाख रुपैयाँसहित पाँच जनालाई पक्राउसमेत गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार छन् ।

उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्