Logo

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु, १७१ चौपाया बेपत्ता

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु, १७१ चौपाया बेपत्ता



काठमाडौं । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको बताएका छन् ।

चालु आवमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको मृत्यु भएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएका जानकारी दिए । भारी वर्षाका कारण चार जना घाइते भएका छन् । चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन् । हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए । सबै विपद्का घटनाबाट एक सय ७१ चौपायाका मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्