Logo

सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण

सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण



काठमाडौं । यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । मौसमी (सिजनल) प्रभावले सुनको मुल्य बृद्धिमा सामान्य चाप परेपछि विश्वबजारसँगै नेपालमा पनि सुनको मूल्य यो हप्ता उकालो लाग्ने क्रममा रह्यो ।

laxmi

साताको पहिलो दिनदेखि नै निरन्तर बढ्ने क्रममा रहेको सुनको मुल्य पछिल्लो कारोबार भएको दिन शुक्रबार सम्म बढेर प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्य सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २१

हजार ७ सय ४५ रुपैयाँ रहेको मुल्य साता भर निरन्तर बढेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख २३ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मुल्य पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन शुक्रबार २ हजार ५५ रुपैयाँ बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ३४ रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL