Logo

फोहोर व्यवस्थापनमा साढे ५ अर्ब लगानी गर्दै ‘चुनिदेवी फोहोर प्रशोधन उद्योग’, सर्वसाधारणले पनि लगानी गर्न सक्ने

फोहोर व्यवस्थापनमा साढे ५ अर्ब लगानी गर्दै ‘चुनिदेवी फोहोर प्रशोधन उद्योग’, सर्वसाधारणले पनि लगानी गर्न सक्ने



काठमाडौं । फोहोर व्यवस्थापनका लागि एक कम्पनीले पाँच अर्ब बढी लगानी हुने भएको छ । काठमाडौं उपत्यकालगायत देशभरकै फोहोर व्यवस्थापनको लक्ष्यसहित चुनिदेवी फोहोर प्रशोधन उद्योग दर्ता भएको छ । उद्योग विभागमा जेठ २७ गते झण्डै साढे ५ अर्ब रुपैयाँ लगानीको उक्त उद्योग दर्ता भएको हो ।

नेपालमा फोहरको उपयुक्त व्यवस्थापन सबैतिर मुख्य समस्याका रुपमा रह्ँदै आएको छ । घरायसी वा उद्योगबाट निस्कने विभिन्न फोहोरहरु व्यवस्थापन हुन नसक्दा रहेका विभिन्न समस्या दीर्घकालीन रुपमा हल गर्ने रणनीतिसहित उद्योग विभागमा ५ अर्ब ४४ करोड ५० लाख रुपैयाँ लगानी राखेर चुनीदेवी वेस्ट प्रोसेसिङ इन्डस्ट्रिज दर्ता भएको हो ।

तारकेश्वर नगरपालिका वडा नम्बर ३ भित्र करिब २५० रोपनीको क्षेत्रपÞmलमा भौतिक संरचना निर्माण गरी स्थापना हुन लागेको यो उद्योगले एक घर एक सेयरसदस्य नीति पनि अघि सारेको छ । उद्योगले ६६ लाख घरधुरीलाई उद्यमी बनाउने उद्देश्य बोकेको जानकारी दिएको छ ।

‘घर तथा पालिकाहरुवाट संकलित फोहोर उचित व्यवस्थापन गर्न नसक्दा ढल, नदी तथा बातावरणमा मिसिने हुँदा यसले हाम्रो पर्यावरण, प्रकृति र समग्र देशलाई नै प्रदूषित तुल्याएको छ । यस्ता चुनौतीहरुको समाधान गर्न र संकलित फोहोर रिसाइकल गरी बायोग्याँस, कृषिजन्य मल लगायत फलाम, सिसा जस्ता कच्चा पदार्थ उत्पादन गर्ने कम्पनीको उद्देश्य रहेको छ’, कम्पनीको रीमा छ ।

जेठ २७ गते उद्योग विभागमा दर्ता भएको उद्योगको अध्यक्ष मुकुन्द तिमिल्सिना छन् । उनले बैशाखमै प्रतिघरपरिवार १ हजार देखि २५ हजार रुपैयाँसम्म लगानी गर्न सकिने गरी फोहोर व्यवस्थापन उद्योग संचालन गर्न लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL