Logo

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज (बिहीबार) देशको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । देशैभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने भन्दै देशैभर केही स्थानहरूमा मेघगर्जन /चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सबैलाई आग्रह समेत गरेको छ ।

यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान

२०८१ असार २१ गते (शुक्रवार)

दिउँसो–देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभरका केही स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति– देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०८१ असार २१ गते (शनिवार)

दिउँसो– देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशै भरका धेरै स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति– देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL