Logo

मुकुलको प्रस्ताव–रास्वपालाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं (प्रतिवेदनको पूर्णपाठ)

मुकुलको प्रस्ताव–रास्वपालाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं (प्रतिवेदनको पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले रास्वपालाई रविको नामबाट मुक्त गराउनुपर्ने बताएका छन् । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा उनले अब एक सय दिनमा रास्वपालाई रविको पार्टीबाट रास्वपा बनाउनुपर्ने बताएका हुन् ।

‘अबको सय दिनमा के गर्ने ? अबको सय दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं,’ उनले बैठकमा पेश गर्न तयार पारेको प्रस्तावमा भनिएको छ । पार्टी सुधारको लागि आफूले ल्याएको प्रतिवेदनमा अनावश्यक आरोपित गरिएको भन्दै उनले आपत्ति नै जनाएका छन् ।

ढकालले पार्टी सभापतिलाई देशभर डुलेपछि ३३ पृष्ठको प्रतिवेदन बुझाएका थिए । यही प्रतिवेदनको आधारमा बुधबारबाट शुरू हुने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा ढकाललाई दिइएको दाबी उनले गरेका छन् । तर रविले ढकाललाई प्रस्ताव पेश गर्न दिएनन् । यसपछि ढकालले प्रस्ताव मिडियामार्फत् सार्वजनिक गरेका छन् । प्रस्ताव पेश गर्न नपाएको र बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै ढकाल मुखमा कालो टेप बाँधेर बैठकमा पुगेका थिए । ढकालले पार्टीको केन्द्रीय कमिटी बैठकमा लिखित प्रस्ताव पेस गर्ने अनुमति पाएनन् । उनलाई सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नदिएका हुन् ।

प्रस्तावमा ढकालले लामिछानेसँग माफी माग्ने विषयदेखि आफ्नो बिहेको विषय समेत उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा भन्छ नि ठीक छ । तर निर्णय गरिदेओस् ।’

उनले आफ्नो बिहे जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि गरिदिनुहोस् भनेका छन् । उनले देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको उल्लेख गर्दै भनेका छन्, ‘गल्फ्रेन्डको कुरा गरेर मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्
MBL