Logo

एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेण्डा’ सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ ।

लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा सोमबार राति हस्ताक्षर भएको हो । सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL