Logo

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासमा, पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासमा, पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर शीतल निवास पुगेका हुन् । आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गरेका थिए ।

माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठनबारे के गर्ने भन्नेमा कांग्रेस–एमालेसहित राष्ट्रपति समेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्