Logo

एमाले–कांग्रेस गठबन्धनमा रास्वपा सहभागी नहुने, सरकारबाट बाहिरिने निर्णय

एमाले–कांग्रेस गठबन्धनमा रास्वपा सहभागी नहुने, सरकारबाट बाहिरिने निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन प्रक्रिया शुरू हुना साथ सरकारबाट बाहिरिने निर्णय गरेको छ । कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाउने सहमति गरे लगत्तै रास्वापाले सचिवालय बैठकले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुने वित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

‘सरकार परिवर्तनको प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘अब बन्ने सरकारले पनि राजनीतिक स्थायित्व दिँदैन । हामी यस्तो सरकारमा जाँदैनौं ।’ रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते सहभागी भएको थियो ।

सोमबार मध्यराति (सवा १२ बजे) कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि नयाँ परिस्थितिबारे छलफल गर्नका लागि रास्वपा बैठक बसेको थियो । बैठकले अहिले तत्काल नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन् । एमालेकै समर्थनमा प्रचण्ड कायम छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL