Logo

‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले’ भन्दै ओली र देउवालाई बालेनको व्यंग्य

‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले’ भन्दै ओली र देउवालाई बालेनको व्यंग्य



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस र एमालेको सहमतिलाई व्यंग्य गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि प्रमुख शाहले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ। सहमतिअनुसार पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
MBL