Logo

वायु सेवा निगममा ५३ पदका लागि जाखिर खुल्यो, २१ दिनभित्र आवेदन बुझाउनुपर्ने

वायु सेवा निगममा ५३ पदका लागि जाखिर खुल्यो, २१ दिनभित्र आवेदन बुझाउनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बायु सेवा निगम (नेपाल एयरलाइन्स) ले विभिन्न ५३ पदका लागि जागिर खुलाएको छ । निगमले विभिन्न ५३ रिक्त पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको हो ।

जसमध्ये निगमले १५ जना प्रशासन अधिकृतका लागि दरखास्त मागेको छ । सो पदमा खुलातर्फ ८ जना नियुक्त हुनेछन् । महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलिततर्फ १ आरक्षण छ ।

यसैगरी ६ जना लेखा अधिकृतका लागि गरिएको आवेदनमा ३ जनाले खुलामा प्रतिस्पर्धा गर्नुपर्ने बताइएको छ । यसैगरी निगमले बरिष्ठ सहायक पदमा १२, बरिष्ठ लेखा सहायकमा २, प्रशासन सहायकमा १७ र लेखा सहायकमा एउटा पदमा आवेदन मागेको छ ।

आवेदकको शैक्षिक योग्यता भने पद अनुसार छुट्टाछुट्टै तय गरिएको छ । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुकले आवदेन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्