Logo

बीमा दाबी भुक्तानी मार्गदर्शन जारी, अब बीमाको दाबी भुक्तानी १५ दिनभित्रै

बीमा दाबी भुक्तानी मार्गदर्शन जारी, अब बीमाको दाबी भुक्तानी १५ दिनभित्रै



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो, पारदर्शी तथा व्यवस्थित बनाउन उक्त मार्गदर्शन जारी गरेको हो ।

उक्त मार्गदर्शन अनुसार अब बीमाको दाबी भुक्तानी १५ दिनभित्रै पाईने भएको छ ।

बीमा दावीकर्ताले बीमा दाबी गरेको १५ दिनभित्रै दाबी भुक्तानी दिनुपर्ने व्यवस्था उक्त मार्गदर्शनमा गरिएको हो । कुनै बीमितको मृत्यु भएको खण्डमा मृत्यु प्रमाणपत्र, दावीसम्बन्धी निवेदनलगायत पेश गर्नुपर्छ । त्यस्तो प्रमाण पेश भएको खण्डमा बीमकले आवश्यक कागजातहरु छानविन गरी कागजात प्राप्त भएको १५ दिनभित्र दाबी भुक्तानी लिन आउनका लागि पत्राचार गर्नुपर्ने कुरा मार्गदर्शनमा उल्लेख गरिएको छ ।
यो व्यवस्था परिपक्व भएको बीमालेखको दाबी भुक्तानीमा भने फरक छ । परिपक्व भएको बीमालेखको दाबी भुक्तानी भने बिमकले ७ दिनभित्रै गर्नुपर्ने व्यवस्था मार्गदर्शनमार्फत गरेको छ । खासगरी प्राधिकरणले २ लाखसम्मकाे बीमालाइ सानाे बीमा मानी यथाशिघ्र फर्छ्याैटकाे व्यवस्ठा गर्न लागिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
MBL