Logo

सुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो । आईतबार बजारमा सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मुल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी हिजो र आज दुबै दिन प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्