काठमाडौं । चन्द्रागिरि केबलकारको टिकट आईएमई सेन्टरबाटै पाइने भएको छ । आईएमईका उपत्यका भित्रका २४ सेन्टरबाट चन्द्रागिरि केबलकारको टिकट लिन सकिने भएको छ ।
दशैं विदामा चन्द्रागिरि केलबलकारमा चापसँगै चन्द्रागिरि हिल्स लिमिटेडले आईएमई सेन्टरबाटै टिकट काट्न सकिने व्यवस्था गरेको हो । टिकटको खरिद दर र सहुलियत भने कम्पनीको नियम अनुसार नै हुने चन्द्रागिरि हिल्सले जानकारी दिएको छ ।
हाल आईएमईले ७५ जिल्लाका ५ हजारभन्दा बढी एजेन्ट÷सब–एजेन्ट, १ सय ४७ आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स कारोवार गर्दै अएको छ ।