Logo

टी-२० विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआइले २ अर्ब रुपैयाँ पुरस्कार दिने

टी-२० विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआइले २ अर्ब रुपैयाँ पुरस्कार दिने



काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले टी–२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु (२ अर्ब रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ ।

बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL